नेप्सेमा करेक्सन, साढे ४ अर्बको कारोबार

-



     सफल आवाज    
     असार २४ गते २०८१ मा प्रकाशित



काठमाडौं, २४ असार । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा करेक्सन भएको छ ।

नयाँ सरकारका लागि नयाँ गठबन्धन भएसंगै उकालो लागेको नेप्सेमा आज भने करेक्सन आउनुमा मुख्य गरी नियामक निकायको पदपूर्ति, अस्थिरता र लागनीकर्ताहरुको पूरा नसकेका मागहरु नै हुन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.६२ अंकले घटेर २१३६.३६ विन्दुमा झरेको छ । नेप्सेमा ०.२१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.७६ अंकले घटेर ३७७.४५ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १० वटामा रातो लागेको छ । कुल ३२४ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ४ लाख ७५ हजार १८१ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १०६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपममेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको २८ करोड ७० लाख ८० हजार ९३५ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ९.६८ प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै मैलुङ खोला जल विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ८.३९ प्रतिशतले घटेको छ ।