विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे भाउ

-



     सफल आवाज    
     असार २५ गते २०८१ मा प्रकाशित




काठमाडौं, २५ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको । युरोको भाउ घटेकाे छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ३० पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ९० पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ७० रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ७१ रुपैयाँ ७३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १ सय ४९ रुपैयाँ ४६ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९० रुपैयाँ २६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९९ रुपैयाँ २३ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूचीः