सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     असार २५ गते २०८१ मा प्रकाशित



काठमाडौं, २५ असार । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ९ सय तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ ९ सयले घटेर तोलाको १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ९ सयले घटेर तोलाको १ लाख ४३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।