नेप्से २१५२.१४ विन्दुमा उक्लियो, साढे ५ अर्बको कारोबार

-



     सफल आवाज    
     असार २५ गते २०८१ मा प्रकाशित



काठमाडौं, २५ असार । सेयर बजारमा करेक्सन भएको भोलिपल्टै आज नेप्से उकालोको यात्रामा गएको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारले उकालोको यात्रा तय गरेपछि लगानीकर्ताहरुको मनोबल बढेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नयाँ मौद्रिक नीति आएपछि आशाका नयाँ चरणहरु शुरु हुने र बजारमैत्री नीतिको कारण सुधारका संकेतहरु देखिएको बताएका छन् ।

राष्ट्र बैंकको लचिलो नीतिको कारण बजारको माहोल सकारात्मक बन्ने अपेक्षामा रहेका लगानीकर्ताहरुको चहलपहल हुनुले मंगलबार नेप्सेमा १५.७९ अंकको बृद्धि भएको छ । यसरी बृद्धि भएको नेप्से २१५२.१४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.७३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.५० अंकले बढेर ३८०.९६ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ४ वटामा रातो लागेको छ । बाँकी रहेका ९ वटामा हरियो लागेको छ । कुल ३१६ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता सेयरको खरिदबिक्रीबाट ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८ सय ८५ रुपैयाँ ३१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेमलपमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको १९ करोड ७७ लाख ७५ हजार ९ सय ३१ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै गणपती लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को सेयरमूल्य घटेको छ । सो सेयरमूल्य ५.४७ अंकले घटेको छ ।