नेप्सेमा २३.२५ अंकको बृद्धि, पौने ६ अर्बको कारोबार

-



     सफल आवाज    
     असार २६ गते २०८१ मा प्रकाशित



काठमाडौं, २६ असार । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार उकालोको यात्रामा गएको छ । अघिल्लो दिन मात्रै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नीजि क्षेत्रसंगको छलफलमा नयाँ मौद्रिक नीति नीजि क्षेत्रमैत्री हुने बताएका थिए । नीजि क्षेत्रको अपेक्षा अनुसारकै मौद्रिक नीतिमा राष्ट्र बैंक रहेको जनाएको भोलिपल्टै आज नेप्से सकारात्मक लयमा देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २३.२५ अंकले बढेर २१७५.४० विन्दुमा उक्लिएको छ । नप्सेमा १.०८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.८२ अंकले बढेर ३८५.७५ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये एउटा बाहेक सबैमा हरियाली छाएको छ । यसदिन विकास बैंक समूहमा मात्रै रातो लागेको छ । यसदिन कुल ३२२ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ ।

उनीहरुको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता सेयरको खरिदबिक्रीबाट ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३९१ रुपैयाँ ५१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको कारोबार भएको छ । कम्पनीको १५ करोड ८ लाख ९९ हजार ८५९ रुपैयाँ ४० पैसाब बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बलेफि हाइड्रोपावर लिमिटेडेको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै बुद्ध भूमि नेपाल हाइड्रोपवार कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।