
काठमाडौं, २७ असार । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि एफपीओ निष्काशन गर्ने बताएकाे छ। गाभ्न, गाभिनका लागि कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनै पर्ने प्रावधान अनुसार संस्थाले सार्वजनिक निष्काशन (एफपीओ) खुलाउन लागेकाे हाे ।
साविकको सूर्योदय लघुवित्त र वामी लघुवित्त गाभिएपछि नयाँ नामाकरण भएकाे सूर्योदय वोमी लघुवित्तको पूँजी संरचना संस्थापकतर्फ ७०.३६ प्रतिशत र सर्वसाधारणतर्फ २९.६४ प्रतिशत रहेकोमा पूँजी संरचना ऐन अनुसार रहन एफपीओ खुलाउन लागिएकाे हाे ।
लघुवित्तका अनुसार रुपैयाँ ४६ लाख ७२ हजार ९५४ बराबरको ४६ हजार ७२९.५४५० कित्ता सेयर खुलाइने भएकाे छ। यसका लागि लगानीकर्ताले साउन ८ गतेसम्म आवेदन दिन पाउनेछन्। ताेकिएकाे समयमा आवेदन नपरेमा साउन १८ गतेसम्म आवेदन दिन सकिने भएकाे छ। यसमा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ।
सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र मेरो शेयर अनलाइनबाट आवेदन दिन पाउनेछन्।
लघुवित्तको चुक्ता पूँजी रुपैयाँ ९१ करोड ७ लाख ८२ हजार ५०८ रहेकाे छ । एफपीओ निष्काशनपश्चात याे रुपैयाँ ९१ करोड ५४ लाख ५५ हजार ४६३ हुनेछ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




