बिहिबार सुनचाँदीको भाउ बढ्यो, तोलाको कति ?

-



     सफल आवाज    
     असार २७ गते २०८१ मा प्रकाशित



काठमाडौं, २७ असार । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख ४४ जहार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख ४४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ४३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोेलाको १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।