जाल्पा सामुदायिक र किसान लघुवित्तको आजदेखि एकीकृत कारोबार शुभारम्भ

- मर्जरपछि ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार

-



     सफल आवाज    
     असार २७ गते २०८१ मा प्रकाशित



काठमाडौं, २७ असार । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त बित्तिय संस्था एक आपसमा गाभिएर आज असार २७ गतेबाट एकीकृत कारोबार सुरु भएको छ।

दुवै संस्था मर्ज भएपछि ‘मातृभूमि लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार समेत सुरु भएको बताइएकाे छ । प्रमुख अतिथि नेपाल रास्ट्र बैंकका डिपुटी गभर्नर बमहादुर मिश्रले एकीकृत कारोबारको आज शुभारम्भ गरेका हुन् ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो ।

यी दुई कम्पनीले गत चैत १८ गते मर्जरका लागि अन्तिम सम्भौतापत्रमा हस्ताक्षर गरेका थिए । बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरि कैलालीको लम्कीचुवामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ ।

मर्जरपछि एउटै बनेको मातृभूमी लघुवित्तकाे केन्द्रीय कार्यालय हाल किसान लघुवित्तको केन्द्रीय कार्यालय रहेको लम्किचुहा–४ कैलालीमा रहनेछ भने कर्पोरेट कार्यालय बुढानिलकण्ढ–८ काठमाण्डौमा रहनेछ ।  

मर्जर पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी रु ७४ करोड ३३ लाख, शाखा संख्या २३६, सदस्य संख्या २ लाख १६ हजार, ऋणी संख्या ८२ हजार, लगानीमा रहेको कर्जा ११ अर्ब ८२ करोड तथा बचत परिचालन ४ अर्ब एक लाख पुगेको बताइएको छ ।

दुवै संस्थाको गत चैत ९ गते सम्पन्न बेग्ला–बेग्लै साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए । जाल्पा सामूदायिक लघुवित्तले १: १ सेयर पाउने र किसान लघुवित्तले १: ०.८८३४ सेयर प्राप्त गर्ने अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित भएको थियो ।