नेप्से २२०४.६१ विन्दुमा उक्लियो, ७ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     असार २७ गते २०८१ मा प्रकाशित



काठमाडौं, २७ असार । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेप्सेमा उभार आएको छ । नेप्से परिसूचक २२ सयको विन्दु क्रस गरेको छ ।

नेप्सेको उकालोको यो यात्राले लगानीकर्ताहरुमा उत्साह थपिएको छ । अर्थ बजारमा सुधार आउने र मौद्रिक नीति पनि बजारमैत्री आउने चर्चा भईरहँदा लगानीकर्ताहरु सकारात्मक परिणामको पखाईमा रहेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.३४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ५.९० अंकले बढेर ३९१.६६ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये २ वटामा मात्रै रातो लागेको छ । बाँँकी रहेका ११ वटामा हरियो लागेको छ । कुल ३३१ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयरको खरिदबिक्रीबाट ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १४६ रुपैयाँ ५ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको १५ करोड २५ लाख ८१ हजार ५ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बलेफि हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ४.५९ प्रतिशतले घटेको छ ।