सुन तोलाको १ लाख ४६ हजार ७ सय, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     असार २८ गते २०८१ मा प्रकाशित



काठमाडौं, २८ असार । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ १८ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेको जानकारी दिएको छ ।

छापावाल सुनमा रुपैयाँ १८ सयले बढेर तोलाको १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १८ सयले बढेर तोलाको १ लाख ४६ हजारमा कारोबार भईरहेको जनाएको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख ४४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।