एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त, शपथ भाेलि बिहान ११ बजे हुने

-



     सफल आवाज    
     असार ३० गते २०८१ मा प्रकाशित



काठमाडौं, ३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । 

एमाले र कांग्रेसबीच सत्ता समिकरणका लागि गठबन्धन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेकाे हाे । नयाँ सरकारका लागि राष्ट्रपतिले दलहरुलाइ दावि पेश गर्न आव्हान गरेका थिए ।

राष्ट्रपतिकाे साे आह्वानपछि एमाले अध्यक्ष ओलीले १६६ सांसदको समर्थन लिएर शुक्रबार राति राष्ट्रपति भवन शीतल निवासमा दाबी पेस गरेका थिए । ओलीले कांग्रेस र एमालेका को मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । उसाे त नयाँ सरकारलाइ जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीले सहयाेग गर्ने बताइसकेका छन् ।

संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था रहेकाे छ । 

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ सोमबार बिहान ११ बजे हुने भएको छ ।