नागरिक लगानी कोषकाे एजिएम आज

-



     सफल आवाज    
     असार ३१ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३१ असार । लाभांश पारित गर्न नागरिक लगानी कोषको २९ औं साधारण सभा आज डाकिएकाे छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा पूर्वान्ह ११ बजे डाकिएकाे हाे ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ असार २० गते बुक क्लोज गरेकाे थियाे । सभामा सहभागि हुन र लाभांश पाउनका लागि सेयरधनीहरूले असार १९ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर तथा कर प्रयाेजनका लागि ०.७३६ प्रतिशत नगद लाभांशसहित १४.७३६ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पेश गरिनेछ । 

आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानबारे हरहिसाबका बारेमा छलफल हुनेछ । यस्तै लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक निर्धारण गरिने भएकाे छ ।