नेप्से १७‍.१८ अङ्कले घट्याे, ८ अर्ब ७३ कराेडकाे काराेबार

-



     सफल आवाज    
     असार ३१ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३१ असार । साताकाे सेयर काराेबार हुने दाेश्राे दिन आज साेमबार नेपाली सेयर बजारमा दाेहाेराे अङ्ककाे गिरावट भएकाे छ । काराेबार रकम भने अघिल्ला दिनहरुकाे भन्दा बढेकाे छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७‍.१८ अङ्कले घटेर २२४०.४१ को विन्दुमा झरेकाे छ । यसदिन ३३२ कम्पनीको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयरकाे काराेबार भएकाे छ । यसबाट रुपैयाँ आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ बराबरको कारोबार भएको छ ।

आज जलविद्युत् समूह शून्य दशमलव ७३, लगानी एक दशमलव ७०, उत्पादन तथा प्रशोधन शून्य दशमलव १२ र म्युचुअल फण्ड एक दशमलव ६७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ एक दशमलव ४८, विकास बैंक एक दशमलव ८९, वित्त शून्य दशमलव ५२, होटल तथा पर्यटन एक दशमलव ७६ र जीवन बीमा समूह एक दशमलव ६५ प्रतिशतले घटेको छ ।

लघुवित्त एक दशमलव ४१, निर्जीवन बीमा शून्य दशमलव ९१, व्यापार शून्य दशमलव ५२ र अन्य समूह एक दशमलव १९ प्रतिशतले घटेको छ । सिभिल बैंक डिभेञ्चर–२०८८ र माण्डु हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको रु ३७ अर्ब आठ करोड ७२ लाख पाँच सय ८९ बराबरको २१ लाख ७४ हजार सात सय २८ कित्ता शेयर किनबेच भएको छ ।