सुन तोलाको १ लाख ४७ हजार ८ सय पुग्यो, चाँदीमा गिरावट

-



     सफल आवाज    
     श्रावण १ गते २०८१ मा प्रकाशित



काठमाडौं, १ साउन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

यसदिन चाँदीको भाउमा सामान्य गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ९ सयले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ १० ले घटेको हाे ।

छापावाल सुनमा रुपैयाँ ९ सयले बढेर तोलाको १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख ४७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ १० ले घटेर तोलाको १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।