
काठमाडाैं, २ साउन । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकाे नायब प्रमुख कार्यकारी अधिकृतमा श्रीराम पोख्रेल नियुक्त भएका छन् । संस्थाले २०८१ श्रावण २ गतेदेखि लागू हुने गरि पोख्रेललाइ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकाे हाे।
नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पोख्रेलसँग विभिन्न बैंक तथा वित्तीय संस्थाहरुकाे उच्च व्यवस्थापनमा रही नेतृत्वदायी भूमिकामा १३ वर्षभन्दा बढी कार्य गरेकाे अनुभव रहेको छ।
वित्तीय संस्थाहरुको दीर्घकालीन व्यवसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका पोख्रेलले विगतमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६ वर्षभन्दा बढि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाालिसकेका छन । पोख्रेल यसअघि आइएमई लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडमा विभागिय प्रमुखको जिम्मेवारी समाल्दै आएका थिए ।
हालसम्म वित्तीय संस्थाले मुलुकभर ५४ जिल्लाका १२० वटा शाखा कार्यालयहरु मार्फत १ लाख ५५ हजार सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




