आरएसडिसी लघुवित्तकाे नाफा ३६.४७ प्रतिशतले बढ्याे

-



     सफल आवाज    
     श्रावण ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ साउन । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले खुद नाफा बढाउन सफल भएकाे छ । संस्थाकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा ३६.४७ प्रतिशतले बढेकाे छ।

संस्थाले गत आर्थिक वर्षमा रुपैयाँ १४ करोड ६६ लाख खुद नाफा कमाएकाे छ। यो नाफा जाे अघिल्लो वर्षको सोही समयकाेभन्दा ३६.४७ प्रतिशतले बढी हाे । अघिल्लो आर्थिक वर्षमा साे नाफा रुपैयाँ १० करोड ७४ लाखमा सिमित थियाे ।

संस्थामा खुद ब्याज आम्दानी तथा खुद फि र कमिशन आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएकाले खुद नाफा बढ्नमा सहयाेग पुगेकाे हाे ।

खुद ब्याज आम्दानी १५.२२ प्रतिशत रहेकाे छ भने खुद फि तथा कमिशन आम्दानी ४७.९४ प्रतिशतले घटेको छ। कुल सञ्चालन आम्दानी १७.०६ प्रतिशतले घटेको छ । सञ्चालन मुनाफा ३५.१२ प्रतिशतले बढेको छ।

इपीएस अर्थात प्रतिशेयर आम्दानी ३ रुपैयाँ १७ पैसा बढेर १५ रुपैयाँ ५३ पैसा भएकाे छ। मूल्य आम्दानी रेसियाे भने ४४.५६ गुणा छ। वितरणयोग्य मुनाफा रुपैयाँ ६ करोड ७६ लाख रहेको छ। नेटवर्थ रुपैयाँ १२४ रुपैयाँ ५० पैसा रहेको छ।

संस्थाकाे चुक्ता पूँजी बढेर रुपैयाँ ९४ करोड ४३ लाख रुपैयाँ पुगेको छ। जगेडामा १५.४७ प्रतिशतले बढेकाे छ। रुपैयाँ ५ अर्ब ३५ करोड सापटीबाट ६ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरिएकाे छ।