सुन तोलामा रु २ हजारले घट्यो, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     श्रावण ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ साउन । साताकाे सुनचाँदीकाे काराेबार हुने पाँचाै दिन बिहिबार नेपाली बजारमा सुनचाँदीकाे भाउ घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकानुसार छापावाल सुनमा रुपैयाँ २ हजार तथा चाँदीमा रुपैयाँ ३० ले गिरावट भएकाे छ ।

बिहीबार प्रतितोला रु एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको छापावाला सुनकाे भाउ आज भने रु एक लाख ४७ हजार पाँच सय निर्धारण भएको छ ।

बिहीबार प्रतितोला रु एक लाख ४८ हजार आठ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि भने रु एक लाख ४६ हजार आठ सय निर्धारण भएको छ ।

महासङ्घकानुसार चाँदीको मूल्य तोलामा रु ३० ले घटेको छ । बिहीबार प्रतितोला रु एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार आठ सय ३० निर्धारण गरिएको छ ।