ह्विप के हो र किन लगाईन्छ ?

-



     सफल आवाज    
     श्रावण ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ साउन । ह्विप भन्ने शब्द सिकारको क्षेत्रबाट लिइएको हो । पछि यो विषय संसदीय काम कारवाहीमा अनिवार्य र महत्वपूर्ण विषयका रूपमा विकास हुँदै आयो ।

प्रारम्भमा यो शब्द बुर्के (Burke) ले बेलायतको हाउस अफ कमन्समा छलफलमा ल्याएका थिए । पि.डी.जी. थोमसले आफ्नो पुस्तक The House of Commons in the Eighteenth Century मा एडमण्ड बुर्केलाई उधृत गर्दै कसैले १७७२ अघि नै whip शब्दको प्रयोग संसदीय क्षेत्रमा हुन गयो भनी उल्लेख गरेका छन् ।

ती उदाहरणहरूमा ८ मे १७६९ को घटना उल्लेख छ । त्यस घटनामा जोन विल्क्सको ठाउँमा हेनरी लुट्रेललाई विजयी गराइँदा मिडिलसेक्सका निर्वाचित प्रतिनिधिहरूले यसको विरोध गरेका थिए । यस घटनामा संख्याको गणित मिलाउन केही प्रतिनिधिहरूलाई उत्तरी देश त केहीलाई पेरिस पु¥याउन ह्विप लगाइएको प्रसङ्ग ज्यादै विवादमा आएको कुरा उल्लेख छ ।

यही शब्द संसदीय पद्धतिमा सार्वजनिक रूपमा लोकप्रिय हुँदै गएर यो अहिले संसदीय व्यवस्थामा एक अभिन्न अस्त्रको रूपमा रहेको छ । यस शब्दलाई अङ्ग्रेजीमा ह्विप (Whip) को रूपमा लिइन्छ । यस शब्दलाई नेपालीमा सचेतक भन्ने गरिन्छ । मुख्य कुरा के छ भने ह्विप भन्ने शब्दले कहिले व्यक्ति (सचेतक) लाई जनाउँछ भने कहिले संसद् सदस्यलाई सम्बन्धित संसदीय दलको नेता वा सचेतकले दिएको आदेश वा निर्देशनलाई बुझ्नु पर्नेहुन्छ ।

यसमा महत्वपूर्ण कुरा के छ भने ह्विप एकैपटक आफ्ना दलका सदस्यलाई लगाउन सकिने अस्त्र हो । त्यसो त संसद्भित्र रहेका एक दलका संसद् सदस्यलाई ह्विप लागेको हुन सक्छ भने सोही समयमा सोही संसद्मा रहेका अर्का दलका संसद् सदस्यलाई ह्विप नलागेको पनि हुनसक्छ । यसैले दलको फाइदालाई विचार गरेर सम्बन्धित दलको सचेतकले ह्विपको प्रयोग गर्ने कार्य गर्दै आएको देखिन्छ ।

Whipper in भन्ने शव्दलाई अक्सफोर्ड डिक्सनरीले “शिकारीको सहयोगी (Huntsman’s Assistant) जसले शिकारी कुकुरहरूको जमातलाई कोर्राको सहयोगले / ‘Whipper in’ हुन नदिई एकै ढिक्कामा राखिराख्न सघाउँथ्यो” भनी परिभाषित गरेको छ । उक्त शब्दकोश अनुसार ‘Whipper in’ भन्ने पदावली १७७२ मै बार्षिक रजिष्टरमा संसदीय अर्थमा प्रयोग भएको पनि पाइन्छ । बेलायतमा सोह्रौँ शताब्दीदेखि ह्विप (Whip) को पदलाई संसदीय कार्यसँग जोडेर हेर्ने गरिएको पाइन्छ । केही सन्दर्भहरूमा The position of the Government Chief Whip has long associations with the office of Parliamentary Secretary to the Treasury and to this day this is the official title of the Government Chief
Whip भनेर उल्लेख गरिएको पाइन्छ ।

१, Ilbert: Parliament, Its History, Constitution and Practice, London, 1948, p. 135.
२, The Appendix to Brandreth, G (1999) Breaking the Code: Westminister diaries
May 1990- May 1997 Weidenfield and Nicolson: London ( The Parliamentary
Secretary to the Treasury is one of the seven Lords of the Treasury, the first and
second Lords being the Prime Minister and Chancellor of the Exchequer, the
other five, known as junior Lords, are all Government Whips.)

वास्तवमा ह्विप भन्नाले सचेत गराउने कार्य भन्ने बुझिन्छ । अङ्ग्रेजीमा Whip को शाब्दिक अर्थ कोर्रा चलाउनु हो । जब घोडाले निर्दिष्ट बाटो बिराउँछ तब घोडा सवारले कोर्रा (ह्विप) चलाउँछ । यसै अनुरूप संसद् सदस्यले पनि पार्टी विधानको पालना नगर्ने आशय देखिएमा वा पार्टी विपरित जान सक्ने सम्भावना देखिएमा संसदीय दल वा त्यसका नेताले सचेतकमार्फत ह्विप Whip जारी गर्दछन् । यो प्रक्रियाको सुरुवात बेलायतबाट भएको हो ।

संसदीय व्यवस्थाको अवलम्बन गर्ने जुनसुकै मुलुकले ह्विपसम्बन्धी व्यवस्थालाई आत्मसात गरेको पाइन्छ । जसको माध्यमले संसद्भित्र पनि दलको अनुशासनलाई सुनिश्चित गर्नको लागि सहयोग पु¥याउँछ । यसको आशय संसद्भित्र दलका सदस्यहरूले आफ्नो व्यक्तिगत विचारधारा वा उनीहरूको मतदाता वा निर्वाचन क्षेत्रको इच्छाअनुरूप नभई दलको औपचारिक धारणा (Platform) अनुरूप मतदान गर्ने कुरा सुनिश्चित गर्नु हो ।

ह्विप व्यवस्थापन गर्नको लागि सचेतक अर्थात् ध्जष्उ को व्यवस्था गरिएको हुन्छ । विशेषतः सचेतकले संसद्मा मतदानको सिलसिलामा आफ्ना पार्टीका सदस्यले भाग लिँदा राजनीतिक दलको विधानभित्र रही दलको आधिकारिक नीतिअनुसार मतदान गराउनु पर्ने हुन्छ । यदि सचेतकको निर्देशन विपरीत संसद्भित्र मतदान गरेमा त्यस्ता संसद् सदस्यलाई ह्विप उल्लङ्घन गरेको अभियोगमा संसद् सदस्यको पदबाट हटाउनेसम्मको कारबाही गर्ने गरिन्छ ।

यसर्थ, ह्विप भन्ने शब्द ‘Whipper-in बाट नै लिइएको हो, जसको शाब्दिक अर्थ सिकारी कुकुरहरूलाई आफ्नो समूहबाट छिन्न भिन्न हुनबाट रोक्ने कार्य भन्ने बुझिन्छ (Whip tries to prevent hounds from wandering away from a hunting pack) । साथै यस

शब्दले संसद् सदस्यलाई जारी मतदानको लागि निर्देशन वा उनीहरूको दलको संसदीय समूहमा कुनै खास विधायिकाको स्थिति अनुरूप कार्य गर्नको लागि निर्देशन दिने कार्य गर्छ । त्यस्तो कार्यलाई नै ह्विप भन्ने गरिन्छ । श्रोत : युएनडिपि