
काठमाडौं, ६ साउन । हिमालय ऊर्जा विकास कम्पनीले हकप्रद सेयर जारी गर्ने भएकाे छ। कम्पनीले साउन २४ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने जनाएकाे छ।
कम्पनीका अनुसार १ः१ काे रेसियाेमा ९९ लाख कित्ता हकप्रद सेयर जारी गरिनेछ । कम्पनीले १ सय अंकित दरमा रूपैयाँ ९९ करोड बराबरको हकप्रद सेयर निष्कासन गरिने भएकाे हाे ।
हकप्रद सेयर खुलायनका लागि असार २० गते बुक क्लोज भइसकेकाे छ । लगानीकर्ताले सेयरमा दावि गर्नका लागि असार १९ गतेसम्म सेयर काराेबार गरी काउम भएकाे हुनुपर्नेछ । हकप्रद सेयरमा भदौ १२ गतेसम्म आवेदन दिन पाइनेछ।
हकप्रद सेयरमा आवेदन दिनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंङ र लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय रामेछापबाट आवेदन दिन पाइनेछ । साथै सेबाेनबाट अनुमति लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन पाइनेछ ।
कम्पनीको चुक्ता पुँजी रूपैयाँ ९९ करोड रुपैयाँ रहेको छ । सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी रूपैयाँ १ अर्ब ९८ करोड रहेकाे छ । सेयर निश्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




