नेप्सेमा फेरि छायो हरियाली, १५ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     श्रावण ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ साउन । साताको सेयर कारोबार हुने पहिलो दिन आज आईतबार पनि नेपाली सेयर बजारमा हरियाली छाएको छ । अर्थमन्त्रीमा एमालेबाट विष्णु पौडेलले कार्यभार सम्हालेको भोलिपल्टदेखि उकालो लागेको सेयर बजारको यात्रा उकालोतिरै लम्किरहेको छ । सेयर बजारको उकालोको यात्राले लगानीकर्ताको हौसला बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६१.६१ अंकले बढेर २४८५.९४ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.५४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १३.५३ अंकले बढेर ४४९.६८ विन्दुमा पुगेको छ ।

१३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । सूचकहरुको हरियालीसंगै कारोबार रकम पनि १५ अर्ब माथि नै रहेको छ । कुल ३१५ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता सेयरको खरिदबिक्रीबाट १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० रुपैयाँ ९८ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सोल्टी होटल लिमिटेडको सेयरमूल्य बढेको छ । सो होटलको सेयरमूल्य ३४ करोड १० लाख ९६ हजार ३०७ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । सो सेयरमूल्य १० प्रतिशतले घटेको छ ।