
काठमाडौं, ७ साउन । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काे खुद नाफामा गिरावट भएकाे छ। बैंकद्वारा प्रकाशित गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार खुद नाफा ५.९८ प्रतिशतले घटेर १ अर्ब ३३ करोड ५ लाख ९३ हजार रहेकाे छ ।
बैंकले यस अघिकाे वर्षको साेहि अवधिमा रूपैयाँ १ अर्ब ४१ करोड ५२ लाख ६ हजार नाफा कमाएको थियो । बैंककाे खुद ब्याज आम्दानी र फि घटेकाे छ । साथै कमिसन आम्दानी घटेपछि खुद नाफामा असर देखिएकाे हाे ।
बैंककाे खुद ब्याज आम्दानी ६.४७ प्रतिशतले घटेकाे छ । यसरी घटेर रूपैयाँ २ अर्ब ५४ करोड ९७ लाख ३६ हजार रहेकाे छ ।खुद फि र कमिसन आम्दानी ५४.२६ प्रतिशतले घटेर रूपैयाँ १ करोड ४ लाख १२ हजार रहेकाे छ ।
असार महिनाकाे अन्तिमसम्म चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ । इपिएस अर्थात प्रतिसेयर आम्दानी ३९ पैसाले घटेर ६ रुपैयाँ १६ पैसा कायम भएकाे छ । नेटवर्थ ११३ रुपैयाँ ७० पैसा रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




