आज सुनको भाउमा सामान्य बृद्धि, चाँदीमा गिरावट

-



     सफल आवाज    
     श्रावण ७ गते २०८१ मा प्रकाशित



काठमाडौं, ७ साउन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउमा थपघट भएको छ । यसदिन सुनको भाउमा सामान्य बृद्धि भएको छ भने चाँदीमा गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसयाी महासंघले छापावाल सुनमा रुपैयाँ १ सयले बढेको जानकारी दिएको छ । चाँदीमा रुपैयाँ २० ले गिरावट भएको छ ।

छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ४५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ४५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले गिरावट भई तोलाको १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो ।