आज अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो

-



     सफल आवाज    
     श्रावण ८ गते २०८१ मा प्रकाशित



काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ घटेको छ । युरोको भाउ भने बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ५६ पैसा र बिक्रिदर १ सय ३४ रुपैयाँ १६ रहेको छ । यूरो १ को खरिददर १ सय ४५ रुपैयाँ ३९ पंैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ५ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ७२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय ७३ रुपैयाँ ५१ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५० रुपैयाँ ४३ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ ११ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ १६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ २९ पैसा बिक्रीदर ९९ रुपैयाँ ७४ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूचीः