मंगलबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

-



     सफल आवाज    
     श्रावण ८ गते २०८१ मा प्रकाशित



काठमाडौं, ८ साउन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन सुनचाँदीको भाउ स्थिर रहेर सोमबारकै भाउमा कारोबार भईरहेको जनाएको छ ।

छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख ४६ हजार ३ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख ४५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि तेजाबी सुन तोलाको रुपैयाँ १ लाख ४५ जार ६ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ पनि स्थिर रहेर कारोबार भईरहेको छ । आज चाँदी तोलाको रुपैयाँ १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ९० रुपैयाँमा नै कारोबार भएको थियो ।