प्रि ओपन सेसन : नेप्सेमा ५.८२ अंककाे बृद्धि

-



     सफल आवाज    
     श्रावण ८ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ८ साउन । साताकाे सेयर काराेबार हुने तेश्राे दिन मंगलबार आज नेपाली सेयर बजारकाे प्रि ओपन सेसन सकारात्मक बनेकाे छ । य सेसनमा नेप्से परिसूचक ५.८२ अंकले बढेकाे छ।

साेमबार नेप्से २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा उक्लिएकाे थियाे । यस प्रि ओपन सेसनमा नेप्से ५.८२ अंक बढेर २४९३.९२ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स २.१६ अंकले बढेको छ।

आजकाे प्रि ओपन सेसनमा ६४ वटा कम्पनीहरूकाे १३६ पटक काराेबार भएकाे छ । ६७ हजार १८८ कित्ता सेयरकाे खरिदबिक्रीबाट रूपैयाँ २ करोड ४५ लाख ८४ हजार ४९२ रुपैयाँ ३० पैसा बराबरको काराेबार भएकाे छ ।

यसदिनकाे प्रि ओपनमा ३३ वटा कम्पनीकाे सेयरमूल्य बढेको छ । १३ वटाकाे सेयरमूल्य घटेको छ। बाँकी रहेका १८ वटाकाे सेयरमूल्य स्थिर रहेको छ।