आज अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो

-



     सफल आवाज    
     श्रावण ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । युरोको भाउ भने घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ६१ पैसा र बिक्रिदर १ सय ३४ रुपैयाँ २१ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४५ रुपैयाँ १९ पंैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ८४ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ७२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ७३ रुपैयाँ २५ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४९ ९३ पैसा र बिक्रीदर १ सय ५० रुपैयाँ ६० पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९१ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ३१ पैसा बिक्रीदर ९९ रुपैयाँ ७५ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूचीः