
काठमाडाैं, ९ साउन । कामना सेवा विकास बैंककाे खुद नाफा र प्रतिसेयर आम्दानी बढेकाे छ ।
बैंककाे प्रकाशित गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा र इपीएस दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले रूपैयाँ ६० करोड ३२ लाख खुद नाफा कमाएकाे छ । जाे यसअघिकाे आर्थिक वर्षको सोही अवधिकोभन्दा ६६.९३ प्रतिशतले ब९ेकाे छ । साे वर्षमा बैंकले रुपैयाँ ३६ करोड १३ लाख खुद नाफा गरेकाे थियाे ।
बैंकको खुद ब्याज आम्दानी सामान्य बढेकाे र इम्पेरमेन्ट चार्ज घटेकाेले खुद नाफा बढ्नमा सहयाेग भएकाे हाे । खुद ब्याज आम्दानी २.७८ प्रतिशतले र खुद फि र कमिशन आम्दानी ११.४२ प्रतिशतले बढेको छ।
सञ्चालन आम्दानी ७.०८ प्रतिशतले बढेकाे छ । सञ्चालन मुनाफा ५३.०८ प्रतिशतले बढेको छ भने अघिल्लो आर्थिक वर्ष ५२ करोड २६ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज घटेर ३० करोड ४० लाख कायम भएकाे छ ।
प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३७ पैसा बढेर १८ रुपैयाँ ३८ पैसा भएकाे छ। मूल्य आम्दानी रेसियाे २२.६३ गुणा छ । नेटवर्थ १६४ रुपैयाँ ४८ पैसा रहेको छ।
बैंकको वितरणयोग्य मुनाफा रुपैयाँ ३० करोड २९ लाख रहेको छ। वितरणयोग्य प्रतिशेयर आम्दानी रूपैयाँ ९ रुपैयाँ २३ पैसा रहेको छ।
बैंकको चुक्ता पूँजी रूपैयाँ ३ अर्ब २८ करोड ११ लाख रहेकाे छ । जगेडा कोषमा रुपैयाँ २ अर्ब ११ करोड ५६ लाख छ । बैककाे वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा रुपैयाँ ५९ अर्ब ६ करोड ६७ लाख निक्षेप संकलन गरेकाे छ । रुपैयाँ ४५ अर्ब ९४ करोड कर्जा प्रवाह गरेको छ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




