सुनको भाउ आकाशियो, तोलाको १ लाख ४७ हजार ४ सय

-



     सफल आवाज    
     श्रावण ९ गते २०८१ मा प्रकाशित



काठमाडौंं, ९ साउन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ आकाशिएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा एकैदिन रुपैयाँ ११ सयले बढेको छ । चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको छ ।

छापावाल सुनमा रुपैयाँ ११ सयले बढेर तोलाको १ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छावाजाल सुन तोलाको १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ११ सयले बढेर तोलाको १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ४५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।