अमेरिमी डलरको भाउ बढ्दै, यूरो घट्यो

-



     सफल आवाज    
     श्रावण १० गते २०८१ मा प्रकाशित



काठमाडौं, १० साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । युरोको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ६६ पैसा र बिक्रिदर १ सय ३४ रुपैयाँ २६ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४४ रुपैयाँ ८९ पंैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ५४ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ७२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १ सय ७३ रुपैयाँ ३० पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ ३० पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६३ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ४२ पैसा बिक्रीदर ९९ रुपैयाँ ८७ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूचीः