सुनमा रु २४ सयले गिरावट, चाँदीको भाउ पनि घट्यो

-



     सफल आवाज    
     श्रावण १० गते २०८१ मा प्रकाशित



काठमाडौं, १० साउन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २४ सयले तथा चाँदीमा रुपैयाँ ५५ ले गिरावट भएको जनाएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ २४ सयले घटेर तोलाको १ लाख ४५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २४ सयले घटेर तोलाको १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५५ ले घटेर तोलाको १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।