काठमाडौं, १० साउन । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजार पुनः सकारात्मक लयमा फर्किएको छ ।अघिल्लो दिन करेक्सन भएको नेप्से आज फेरि सकारात्मक लयमा फर्किदा लगानीकर्ताहरु उत्साहित भएका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.२६ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ७.९ अंकले बढेर ४६०.३ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ४ वटामा रातो लागेको छ । बाँकी ९ वटामा हरियो लागेको छ ।
कुल ३२० कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ३ करोड ५५ लाख ९४ हजार ८ सय ६८ कित्ता सेयरको खरिदबिक्रीबाट १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँ २८ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३४ करोड १७ लाख ७९ हजार ९ सय ७२ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूलय घटेको छ । बैंकको सेयरमूल्य ७.६५ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




