ग्लोबल आइएमई बैंकको सिइओमा सुरेन्द्रराज रेग्मी नियुक्त

-



     सफल आवाज    
     श्रावण १० गते २०८१ मा प्रकाशित



काठमाडौं, १० साउन । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।बिहीबार बसेको बैंक संचालक समितिको बैठककाे निर्णय अनुसार भाद्र १ गतेदेखि लागू हुनेगरी रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकाे हाे।

हाल बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका रत्नराज बज्राचार्यको कार्यकाल साउन मसान्तमा सकिदैछ । बज्राचार्यको कार्यकाल सकिएपछि नवनियुक्त सिईओ रेग्मीले भदौ १ गतेदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।

रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए (अर्थशास्त्र) तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन् । ३ दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । रेग्मी यसअघि बैंकको ग्लोबल आइएमई बैंककाे सिनियर डेपुटी सिईओ पदमा कार्यरत थिए ।