अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     श्रावण ११ गते २०८१ मा प्रकाशित



काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ घटेको छ । युरोको भाउ भने बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ६२ पैसा र बिक्रिदर १ सय ३४ रुपैयाँ २२ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४४ रुपैयाँ ९९ पंैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ६४ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ७२ रुपैयाँ ४ पैसा र बिक्रीदर १ सय ७२ रुपैयाँ ८१ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५२ रुपैयाँ ११ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ७९ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९७ रुपैयाँ १ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ५५ पैसा बिक्रीदर १०० रुपैयाँ रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूचीः