
काठमाडौं, ११ साउन । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । यसैका लागि बिहान बोर्ड बैठक डाकिएकाे छ । यसअघि गएकाे गत शुक्रबार सार्वजनिक गर्न तयारी गरिएकाे भएपनि सरकार परिवर्तनका कारणले रोकिएको थियो ।
नयाँ सरकारकामा प्रधानमन्त्री केपी शर्मा ओलीकाे नेतृत्व भएपछि उनले आर्थिक तथा विकास सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त गरेपछि मौद्रिक नीतिमा उल्लेख भएका बुँदाहरु खतिबडाले हेर्न खाेजेकाे कारण मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रोकिएको थियो ।
यसपटक विविध सिमाकाबीच माैद्रिक नीति लचिलाे आउने अपेक्षा गरिएकाे छ । गभर्नर माहाप्रसाद अधिकारीकाे कार्यकालकाे अन्तिम नीति पनि भएकाेले बजारमैत्री हुने अपेक्षा बढेकाे हाे । चालु आर्थिक वर्षको मौद्रिक नीति केही लचिलो बन्ने पनि अर्थमन्त्री विष्णु पाैडेल तथा नियामक निकायका अधिकारीहरुका कुराहरुले संकेत गरिसकेका छन्।
सरकारले निर्माण क्षेत्रलाई चलायमान बनाउने भनेकाे छ । सेयर धितो कर्जा तथा घरजग्गाकाे कर्जाका बारेमा लचिलाे हुने देखिएकाे छ । सेयर धितो कर्जामा लगाइएकाे क्यापकाे दायरामा पनि हेरफेर हुने अपेक्षा रहेकाे छ । हाल सेयर कर्जामा व्यक्तिलाई १५ करोड तथा संस्थागत कर्जामा २० करोडसम्मको सीमा रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




