आज सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     श्रावण १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ साउन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ हजारले घटेको् जनाएको छ । चाँदीमा रुपैयाँ १० ले बढेको छ ।

छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको रुपैयाँ १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त]जाबी सुनमा पनि तोलामा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ४५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
शुक्रबार तेजाबी सुन तोलाको रुपैयाँ १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।