काठमाडौं, १३ साउन । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा उछाल आएको छ । नेप्सेमा बितेका २६ महिना यताकै उच्च कारोबार भएको छ ।
आज मध्यान्हसम्म २७०८.५८ विन्दुसम्म उक्लिएको नेप्से परिसूचक बजार बन्द हुँदाको बेलामा भने २६८१.५६ विन्दुमा रोकिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ विन्दुमा उक्लिदा नेप्सेमा ४.४१ प्रतिशतले बृद्धि भएको छ ।
सेन्सेटिभ इण्डेक्स २६.७८ अंकले बढेर ४८६.८४ विन्दुमा रहेको नेप्सेले जनाएको छ । १३ उपसमूहहरुमध्ये एउटामा मात्रै रातो लागेको छ । आज माइक्रोफाइनान्स उपसमूहमा रातो लागेको हो ।
कुल ३१८ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयरको खरिदबिक्रीबाट १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँ ४५ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको सेयर कारोबार भएको छ । सो बैंकको ३६ करोड १० लाख ८ सय ९८ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लिमिटेडको सेयरमूल्य बढेको छ । बैंकको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गणपती लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ९.३५ प्रतिशतले घटेको छ ।










पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




