नागरिक लगानी कोषको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     श्रावण १४ गते २०८१ मा प्रकाशित



काठमाडौं, १४ साउन । नागरिक लगानी कोषको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ ।

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा आजसम्म आवेदन दिन सकिने भएकाे हाे ।

लगानीकर्ताले घटीमा पनि ७०७ रुपैयाँमा आवेदन दिन पाउनेछन् । बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ । 

यसमा विद्यमान संस्थापकहरु, व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन पाउनेछन् । एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिनेछ ।