नेप्सेमा दोहोरो अंककाे गिरावट, १९ अर्ब ६० करोडको कारोबार

-



     सफल आवाज    
     श्रावण १४ गते २०८१ मा प्रकाशित



काठमाडौं, १४ साउन । नेप्से परिसूचकमा आज दोहोरो अंककाे गिरावट भएको छ । सोमबार नेप्से २०.४६ अंकले घटेर २६६१.०९ विन्दुमा पुगेको हाे।

केही लगानीकर्ताले २७ सयको विन्दु आसपासमा प्रोफिट बुकिङ थाल्दा आज बजारमा करेक्सन देखिएको हो। तर कारोबार रकम भने ३६ महिनाकै उच्च भएको छ। आज १९ अर्ब ६० करोड रूपैयाँको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा तीन अर्ब ७९ करोड रूपैयाँ वृद्धि भएको हो। यस दिन ३२५ वटा धितोपत्रको चार करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयर किनबेच भएको हो।

सोमबार ७० कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ वटाको घटेको छ। यस्तै, चार कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिन नेपाल फाइनान्सको सेयर सर्वाधिक ९.७७ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ६२९ रूपैयाँ कायम भएको छ।

मन्दाकिनी हाइड्रोपावरको मूल्य ८.५८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८१० रूपैयाँ कायम भएको छ। आरम्भ चौतारी लघुवित्तको मूल्य सर्वाधिक ८.३५ प्रतिशतले घटेको छ। उक्त कम्पनीको मूल्य १ हजार २४७ रूपैयाँ कायम भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ४.४१ प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा कुमारी बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २२२ रूपैयाँमा ५५ करोड २२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।