
काठमाडौं १५ साउन । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएकाे एफपीओ बाँडफाँड बुधबार साउन १६ गते हुने भएकाे छ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेकाे कुमारी क्यापिटल लिमिटेडले उक्त दिन बिहान ८ बजे क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँड गरिने तयारी भएकाे जनाएकाे छ ।
संस्थाले साउन ४ गतेदेखि साउन ८ गतेसम्म एक सय रुपैयाँ अंकित मूल्यमा ४६ हजार ७२९.५४५० कित्ता एफपीओ बिक्रीमा ल्याएकाे थियाे । एफपीओमा माग भन्दा ५१०.६६ गुणा आवेदन परेको थियाे ।
आवेदन धेरै परेकाे कारण सेय। गोलाप्रथाबाट बाँडफाँड गरिने भएकाे छ । यसमा ४ हजार ६३ आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् । साथै ९ जनाले थप १ कित्तासहित ११ कित्ताका दरले सेयर पाउनेछन्।
सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्था एकापसमा गाभिएपछि नयाँ नाम सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था राखिएकाे हो । संस्थाको चुक्ता पुँजी रुपैयाँ ९१ करोड ७ लाख ८२ हजार ५०८ रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




