विश्व बैंकबाट १३ अर्ब ३३ करोड ऋण लिने सरकारकाे निर्णय

-



     सफल आवाज    
     श्रावण १५ गते २०८१ मा प्रकाशित



काठमाडौं, १५ साउन । मन्त्रीपरिषदको १० गते बसेको बैठकका निर्णय सार्वजनिक गरिएको छ । बैठकले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि १३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा साउन १० गतेको मन्त्रीपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो जानकारी दिए । सोमबार सिंहदरबारस्थित  बैठकले विभिन्न ११ वटा निर्णय गरेको थियाे ।