यस्ता छन् सेबाेनका आव २०८१-८२ का कार्यक्रम र याेजना

-



     सफल आवाज    
     श्रावण १५ गते २०८१ मा प्रकाशित



काठमाडौं, १५ साउन । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्ष २०८१।८२ मा संचालन गरिने कार्यक्रमका तथा याेजनाहरु सार्वजनिक गरेकाे छ ।

बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजारलाई पारदर्शी बनाउन १२ वटा बुँदामा कार्यक्म तथा याेजनाहरु ल्याएकाे हो ।

बाेर्डले धितोपत्र बजारको नियमनलाई व्यवस्थित बनाउने बारेमा प्रतिनिधिसभा र सार्वजनिक लेखा समितिको निर्देशन कार्यान्वयन गरिने जनाएकाे छ ।

बाेर्डले धितोपत्रको सार्वजनिक निष्कासनमा नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारणका बारेमा एकरूपता कायम गर्ने नीति तथा कार्यक्रममा राखिएकाे छ ।