मंगलबार सुनचाँदीको भाउमा सामान्य गिरावट

-



     सफल आवाज    
     श्रावण १५ गते २०८१ मा प्रकाशित



काठमाडौं, १५ साउन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो ।

छापावाल सुनमा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख ४६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख ४५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ १० ले घटेर तोलाको १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको गियो ।