नेप्सेमा ३५.५५ अंकको बृद्धि, १७ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     श्रावण १५ गते २०८१ मा प्रकाशित



काठमाडौं, १५ साउन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली सेयर बजारमा सकारात्मक माहोल बनेको छ ।

नेप्सेको उकालोको यात्रा र टर्नओभरको माहोल बढ्दा लगानीकर्ताहरु उर्जा थपिएको छ ।

२७ महिना यताकै सबैभन्दा उच्च कारोबार आजको दिनमा भएको छ । नेृपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति, अर्थमन्त्री विष्णु पौडेलको बारम्बारको बजारमैत्री कुरा र पहलले बजार बुलिङको चरण रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.३३ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ३.२३ अंकले बढेर ४८५.३८ विन्दुमा पुगेको छ ।

१३ उपसमूहहरुमध्ये ४ वटामा रातो लागेको छ । बाँकी रहेका ९ वटा उपसमूहहरुमा हरियो लागेको छ । यसदिन कुल ३२९ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ ।

उनीहरुको ४ करोड ३ लाख ७१ ह्जार ७ सय ७८ कित्ता सेयरको खरिदबिक्रीबाट १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५ सय ४१२ रुपैयाँ ९७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ६० करोड १० लाख ८ हजार ७ सय ३० रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै प्रोगेसिभ फाइनान्स लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै एशियन हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।