सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड

-



     सफल आवाज    
     श्रावण १६ गते २०८१ मा प्रकाशित



काठमाडौं, १६ साउन । सूर्योदय वोमी लघुवित्तको एफपीओ आज बिहान बाँडफाँड गरिएकाे छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलले बिहान ८ बजे एफपीओ बाँडफाँड गरेको हो ।

कुमारी क्यापिटलका अनुसुार ४ हजार ६७२ जनाले १० कित्ताका दरले ४६ हजार ७२९ कित्ता सेयर प्राप्त गरेका छन् । बाँकी ९.५४ कित्ता ९ जनालाई १-१ कित्ताला दरले बाँडफाँड गरिएको छ । 

सेयर लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट नतिजा हेर्न सकिनेछ। यसका साथै, सीडीएस एन्ड क्लियरिङकाे वेबसाइट https://iporesult.cdsc.com.np/ बाट नतिजा हेर्न सकिने बताइएकाे छ।