प्रि ओपन सेसन : नेप्सेमा ११.५९ अंककाे बृद्धि

-



     सफल आवाज    
     श्रावण १६ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १६ साउन । साताकाे सेयर काराेबार हुने चाैथाे दिन बुधबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसन उत्साहजनक देखिएकाे छ । यसिदन प्रि ओपन सेसनमा नेप्से परिसूचक ११.५९ अंकले बढेकाे छ ।

अघिल्लो कारोबार भएकाे दिन मंगलबार नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ विन्दुमा उक्लिएकाे थियाे । आजकाे प्रि ओपन सेसनमा नेप्से ११.५९ अंकले बढेर २७०८.२४ विन्दुमा चढेकाे हाे । सेन्सेटिभ इण्डेक्स २.३२ अंक बढेको छ।

यसदिन प्रि ओपन सेसनमा ८८ कम्पनीहरूकाे १६ हजार १०७ कित्ता सुेयर खरिदबिक्री भएको छ। यसबाट रूपैयाँ १ करोड २३ लाख ५३ हजार ९ रुपैयाँ २० पैसा बराबरको काराेबार भएकाे छ ।

नेप्सेका अनुसार ६३ कम्पनीकाे सेयरमूल्य बढेको छ । बाँकी १२ वटाकाे सेयरमूल्य घटेको छ। १३ वटाकाे भने मूल्य स्थिर रहेको नेप्सेले जनाएकाे छ।