
काठमाडौं, १६ साउन। लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालले शनिबार ‘कर्पाेरेट साेसियल अवार्ड’ कार्यक्रम गर्ने भएकाे छ। विभिन्न वर्ग, पेशा र क्षेत्रमा रहेर समाजका लागि सकारात्मक योगदान गर्ने व्यक्तित्वहरुलाई लक्षित गर्दै याे सम्मान गर्न लागिएकाे हाे। क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै विभिन्न ११ विधामा अवार्ड प्रदान गर्ने घाेषणा समेत गरेकाे छ ।
साउन १९ गते शनिबार एलिस कन्फरेन्स, पुल्चोकमा हुने उक्त कार्यक्रमकाे सबै तयारी पुरा भएकाे लायन्स क्लब अफ काठमाडौंका कर्पोरेट नेपाल संस्थापक अध्यक्ष किशोर भट्टराईले जानकारी दिएका छन ।
भट्टराईका अनुसार यसपटककाे सम्मान कार्यक्रममा सोसियल प्लेयर अवार्ड, स्पोर्टस् म्यानेजमेन्ट अवार्ड, सोसियल कर्पोरेट हाउस अवार्ड, सोसियल कर्पोरेट लिडर अवार्ड, सोसियल सेलिब्रेटी अवार्ड, सोसियल म्यानेजमेन्ट अवार्ड, सोसियल एकाडेमिक अवार्ड, सोसियल ब्यूरोक्र्याट अवार्ड, सोसियल स्पिरिचुअल अवार्ड, सोसियल जर्नालिजम अवार्ड र कर्पोरेट सीएसआर अवार्ड रहेका छन् । अवार्ड प्राप्त गर्ने व्यक्ति तथा संस्थाहरूको नाम सोही दिनकाे कार्यक्रममा घोषणा हुने बताइएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




