एनआईसी एशिया डाईनामिक डेब्ट फण्डको लाभांश घोषणा

-



     सफल आवाज    
     श्रावण १७ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १७ साउन । एनआईसी एशिया डाईनामिक डेब्ट फण्ड (NADDF काे गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरिएकाे छ। याे एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना हाे ।

फण्डका अनुसार १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरिएकाे छ । फण्डको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

फण्डले लाभांश वितरणकाे प्रयोजनका लागि आज बुकक्लोज गरेकाे छ। यसका लागि इकाईधनीहरुले साउन १६ गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका इकाईधनीहरु लाभांश पाउन याेग्य हुनेछन् ।

इकाईधनीहरुले आफुले पाउने लाभांश बराबरको रकमबाट लाभांश वितरणपछि समायोजित मूल्यमा थप इकाईहरु खरिद गर्न पाउनेछन्। एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड पुनः लगानी गर्न चाहने इकाईधनीहरुले साउन ३२ गतेसम्म आफ्नो नाम दर्ता गराइसक्नु पर्नेछ ।