
त्रिवेणी (नवलपरासी), १७ साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रु २५ अर्ब बढी राजस्व सङ्कलन भएको छ ।
आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्षमा रु २५ अर्ब ४४ करोड ५७ लाख ४३ हजार राजस्व सङ्कलन गरेको हो । आन्तरिक राजस्व कार्यालय कावासोतीले सबैभन्दा बढी अन्तशुल्कतर्फ रु २४ अर्ब २१ करोड ९८ लाख ८१ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।
कार्यालयले गत आवमा आयकरतर्फ रु ६७ करोड ४६ लाख १७ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ४२ करोड ३१ लाख ३९ हजार, ब्याज रु छ करोड ९२ लाख ९२ हजार, स्वास्थ्य सेवातर्फ रु तीन करोड ९२ लाख ८८ हजार, घर बहालतर्फ रु एक करोड ९२ लाख ८४ हजार र अन्य रु दुई लाख ४१ हजार राजस्व सङ्कलन गरेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए।
आव २०८०/८१ मा कार्यालयलाई रु ३७ अर्ब ४१ करोड १५ लाख ५४ हजार राजस्व सङ्कलनको लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्यको आधारमा गत आवमा ६८ दशमलव ०२ प्रतिशत राजस्व सङ्कलन भएको उनले बताए। आव २०७९/८० को तुलनमा गत आवमा कम राजस्व सङ्कलन भएको उनको भनाइ छ ।
आव २०७९/८० मा रु २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार राजस्व सङ्कलन भएको थियो । गत आवमा अन्तशुल्कतर्फ मात्र रु ३६ अर्ब राजस्व सङ्कलनको लक्ष्य प्रदान गरिएको थियो । खपत बढ्ने अनुमानका साथ धेरै लक्ष्य राखिएकामा अर्थतन्त्रमा आएको सङ्कुचनले गर्दा अन्तशुल्कको सङ्कलनमा कमी आएको सूचना अधिकारी सुवेदीले बताए।
“जिल्लामा राजस्व सङ्कलनको ठूलो हिस्सा अन्तशुल्कको रहेको छ । यसमा माग बढेर खपत धेरै हुँदा मात्र राजस्व धेरै हुने हो, सोचे अनुसार खपत नहुँदा राजस्वको लक्ष्य प्राप्ति गर्न सकिएन”, उनले भने, “लक्ष्यअनुसार राजस्व सङ्कलन नभए पनि तुलनात्मक रुपमा यो सकारात्मक परिणाम हो ।”








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




