नेप्सेमा करेक्सन, २१ अर्ब ७१ करोडको कारोबार

- हिमालयन रिइन्स्योरेन्सको कारोबार अब्बल

-



     सफल आवाज    
     श्रावण १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ साउन । अघिल्लो दिनमात्र हालसम्मकै उच्च कारोबारको रेकर्ड बनाएको नेप्सेमा बिहिबार करेक्सन भएको छ ।अघिल्लो दिनको भन्दा टर्नओभरमा २० करोड कमी भएको छ ।

बजार खुल्ला हुँदाकाे अवधीभर निकै उतारचढाव भएको नेप्सेमा बजार बन्द हुनु अघि केहि समय पहिलेदेखि नै करेक्सनमा गएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.२९ अंकले घटेको छ । यसरी घटेको नेप्से २७५५.६२ विन्दुमा झरेको छ । नेप्सेमा ०.१९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.२९ अंकले घटेर ४९२.७५ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ६ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ७ वटामा रातो लागेको छ । यसदिन कुल ३३२ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता सेयरको खरिदबिक्रीबाट २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार ७ रुपैयाँ ७४ पैसा बराबरको कारोबार भएकाे छ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको ५९ करोड ७५ लाख ९९ हजार २३८ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ।

सबैभन्दा धेरै हाइड्राे इलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमुल्य ९.१३ प्रतिशतले घटेको छ।