काठमाडौं, २० साउन । सरकारले मच्छेन्द्रनाथकाे भोटो देखाउने दिन आज साउन २० गते काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी सूचनामा उल्लेख गरिएकाे छ।
सरकारले आइतबार बिदा दिएका कारण सेयरबजार, बैंक तथा वित्तीय संस्था, विद्यालय तथा सरकारी कार्यालयहरू बन्द हुने भएका छन्।
सरकारले परम्परागत रुपमै भोटो देखाउने जात्राका अवसरमा प्रत्येक वर्ष उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।